Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ५ को नाम अब ‘लुम्बिनी प्रदेश’ पक्षमा ७९ मत, विपक्षमा ४ (Live)

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने सरारको निर्णय प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाममा ८३ जनाले भोट हालेका छन् ।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए।

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यका रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्