Logo
५ जेष्ठ २०८१, शनिबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५को राजधानी तोक्ने विवादपछि रुपन्देहीका २२ सय ४९ कार्यकर्ताले गरे नेकपा परित्यागको घोषणा

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव पास भएमा रुपन्देहीका २ हजार २ सय ४९ जनाले नेकपाको पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन्।

प्रदेशसभामा पेश भएको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन्।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आमजनता र पार्टी सदस्यहरुको भावनाको विपरित गएर प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको औचित्य नभएको बताए।

नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावनाविपरित राजधानी सार्ने तयारी गरेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी सदस्यले राजीनामा दिने बताए।

पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरु माधव नेपाल, मोतीलाल पाण्डे, समुन्द्र जिसीलगायतले बोल्दै पार्टीमा रहनुको कुनै औचित्य नरहेकाले राजीनामा दिने बताएका थिए।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्