Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को सभामा कांग्रेसले बिध्वंश मच्चाएपछि भोलीसम्मका लागि बैठक स्थगित

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख पुर्णबहादुर घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव पेस गरेका थिए ।

प्रस्ताव लिएर रोष्टम जान खोज्दा कांग्रेस सांसदहरूले अवरोध गरेपछि मर्यादापालकको सहयोगमा मन्त्री केसी रोष्टमसम्म पुगेका थिए ।

उनको प्रस्तावमा केही सांसदले भाग लिए पनि विपक्षी कांग्रेसका सांसदले उभिएर विरोध जनाए ।

केही बेरपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी फालाफाल गरेका थिए ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्