Logo
५ जेष्ठ २०८१, शनिबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा एकैदिन २७२२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन २७२२जनामा कोरोना पुष्टि भएको छ ।

१४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।

काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्।

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्