Logo
५ जेष्ठ २०८१, शनिबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका -११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

कपिलवस्तुमा महिलाको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका -१ निवासी ५० वर्षीया कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो ।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए  ।

यससँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्