Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीबाट २ सय १५ मुलुक प्रभावित, ४८ औं स्थानमा नेपाल

गत वर्षको डिसेम्बरमा चीनको उहान शहरबाट फैलिएको प्राणघातक रोग नोबेल कोरोना भाइरसबाट विश्वमा दुई सय पन्ध्र देश प्रभावित बनेका छन् ।

विश्वको अर्थतन्त्रमा गिरावट आए सँगै गरिबकिो संख्या दिनप्रति दिन बढ्दै गैरहेको अवस्थामा यतिबेला कोरोना महामारीबाट विश्व नै ग्रसित भएको छ ।

हाल विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ३५ लाख ४६ हजार ६ सय ६४ पुगेको छ ।

त्यस्तै निको हुनेको कुल संख्या २ करोड ४८ लाख ७६ हजार १ सय ९७ पुगेको छ भने विश्वमा भाइरसबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६ हजार ३ सय ४४ पुगेको छ ।

भाइरसबाट प्रभावित २ सय १५ देश मध्ये ७९ ओटा देशमा १ सय भन्दा कम मानिसको मृत्यु भएको छ भने २ ओटा देशमा १ लाख भन्दा बढिको मृत्यु, र २१ ओटा देशमा भाइरसबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रभावित २ सय पन्ध्र मुलुक मध्य पहिलो स्थानमा अमेरिका, दोस्रोमा छिमेकी मुलुक भारत र तेस्रोमा ब्राजिल रहेको छ भने नेपाल ४८ औं स्थानमा रहेको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ।

हालसम्म ९ लाख ९८ हजार ४ सय ७ को स्वाब संकलन गरिएको विवरणमा उल्लेख छ । त्यी मध्ये ७४ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये ५३ हजार ८ सय ९८ जना निको भएका छन्।

त्यस्तै हाल सम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ भने कुल मृतकको संख्यो ४ सय ८१ पुगेको छ ।

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ। त्यसपछि तेस्रोमा माल्दिभ्स छ।

त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ। त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ।

नेपालमा गत वर्षको १० माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नोबेल कोरोना भाइरस देखिएको औपचारिक पुष्टि गरेको थियो ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्