Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङमा चट्याङबाट एक जनाको मृत्यु, १ घाइते

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका-६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् ।घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ । घाइते गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्