Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

गत भदौ २५ गते श्‍वासप्रश्‍वास तथा निमोनियाँको समस्या भई उनी अस्पताल भर्ना भएका थिए र उनको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थिए ।

उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्