Logo
२ जेष्ठ २०८१, बुधबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा मुल्य बढ्ने

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा रोक लगाएको छ ।

कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतीय निर्णयसँगै अब त्यसको असर नेपाली बजारमा देखिने भएको छ । नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष ठूलो परिणाममा भारतबाट प्याज आयात हुने गरेको छ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्