Logo
६ जेष्ठ २०८१, आईतबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मन्त्रिपरिषदको बठैक बस्दै, विद्युत प्राधिकरणमा कुलमान रहने नरहने टुंगो लगाउने

मन्त्रिपरिषदको बैठक आज सोमबार साँझ पाँच बजे बस्दै छ ।

आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ ।

आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ ।

कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उनको निरन्तरताको पक्षमा छैनन् ।

उनी अर्को व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा छन् । आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउनसक्ने चर्चा पनि छ  ।

प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ । यसैगरी, बामदेव गौतमबारे पनि आज टुंगो लाग्नेछ ।

गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्