Logo
६ जेष्ठ २०८१, आईतबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल र भैरहवामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवल र भैरहवामा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुईजनाको मृत्यु भएको अस्पतालले जनाएका छन्।

भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।

उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच नातासम्बन्ध छैन। भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार जारी थियो।

दमको समस्या देखिएका उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिए।

 

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्