Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावास र राष्ट्रपति कार्यालयमा सम्भु मृत्यु घट्नाको ज्ञापन, पुरै परिवार विरुद्ध जाहेरी

भारत बिहारको चम्पारण-मोतिहारी घर भएका ४२ वर्षीय शम्भु महतो (चौधरी) को मृत्यु घटनाबारे राष्ट्रपति कार्यालय र नेपाल स्थित भारतीय दूतावासमा ज्ञापनपत्र दिईएको छ ।

आईतवार महाराजगंज स्थित राष्ट्रपति कार्यालय र लैनचौर स्थित भारतीय दूतावासमा उक्त ज्ञापनपत्र दिईएको हो ।

कीर्तिपुर नगरपालिका-७, भाजंगलमा बस्दै आएका सम्भुको घरधनीसँगको झगडामा परि उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

दुईबीच झडप भएपछी तत्कालै प्रहरी आएको थियो भने प्रहरीले नै उनलाई अस्पताल पुर्‍याएका थिए ।

राजमिस्त्रीको काम गर्ने सम्भुसंग पटक/पटक बिगतमा पनि झगडा हुने गरेको थियो ।

सम्भुकी श्रीमती मिरा चौधरीका आनुसार घरवेटी प्रेमकृष्ण महर्जनको कुटपिटका कारण उनको ज्यान गएको हो ।

जाहेरीमा सम्भुका श्रीमतीले महर्जनका सबै परिवारविरुद्ध जाहेरी दिएका छन् । भाडाका कारण भएको विवादपछि भएको झडप परेर सम्भुको मृत्यु भएको जाहेरीमा भनिएको छ ।

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको टोली आउने वित्तिकै साढे १२ बजे शम्भुलाई एम्बुलेन्समा हालेर कीर्तिपुर अस्पताल पुर्‍याइएको थियोे ।

तर केहीबेरमा चिकित्सकले शम्भुको मृत्यु भएको घोषणा गरेको थियोे । कीर्तिपुरमा शम्भुको मृत्यु भएपछि प्रहरीले पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाईएको छ ।

६६ वर्षीय महर्जन, उनकी ६३ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी विरुद्ध किटानी जाहेरी दिईएको छ ।

प्रेमकृष्ण शुक्रबार नै पक्राउ परेका थिए । मिराको जाहेरीका आधारमा उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले ५ दिन म्याद दिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्