Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो कुलनमानको कार्यकाल : नयाँ प्रतिस्पर्धामा को-को ?

समाजिक संजालमा निकै चर्चित मानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ।

यद्यपी घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ।

२०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो।

तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने मन्त्रिपरिषदमा पठाएका छैनन्। उनले यसअघि गत सोमबार, बिहीबार, शुक्रबार र त्यति नभए आइतबार भए पनि प्रस्ताव लैजाने बताएका थिए।

प्रतिस्पर्धामा को-को: 
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र विद्युत विकास विभागका महानिर्देशक निवनराज सिंहले लबिङ गरिरहेका छन्।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्