Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा ६ सहित देशभरी ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा आज थप ९ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्र गएको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ।काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६४ प्रतिशत छ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्