Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे कोभिड-१९ स्वयंसेवा गठन

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् ।

सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको श्रेष्ठले बताएका छन् ।

साथै कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने श्रेष्ठले बताएका छन् ।

श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ ।

स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिम र उप-समितिहरु समेत बनेको छ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्