Logo
६ जेष्ठ २०८१, आईतबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्यानिटाइजरमा भेटियो विषाक्त रसायन : यी ५ कम्पनीका प्रयोग नगर्न औषधि विभागको आग्रह

पछिल्लो समय स्यानिटाइजरमा विषाक्त रसायन मिलाइएको पाइएको छ । बजारमा पाइने ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने ुमेथानोलु नामक विषाक्त रसायन मिसाइएको पाइएको हो।

यस्तो विषाक्त रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै प्रयोग नगर्न विभागले आग्रह गरेको छ। तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्यान्ड स्यानिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको हो।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्