Logo
६ जेष्ठ २०८१, आईतबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुकुर सहित परिवारका सबैको मृत्यु प्रकरण : थालमा भेटियो विषजस्तो पदार्थ

संघीय राजधानी समेत रहेका उपत्यकाको भक्तपुर स्थित मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाकोे शव भेटिएको घटनाको अझै पनि मूल कारण खुल्न सकेको छैन ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताइरहेका छन् । शुक्रबार  कुकुर सहित उत्त परिवारका सबैको सव भेटिएको हो ।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो।

शुक्रबार शव भेटिएको भन्दै प्रहरीकहाँ खबर आएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेका छन्।

पहिलो तलामा कुकुर र सम्झनाको शव भेटिएको छ। पहिलो तलाको कोठामा खाटमा भेटिएको सम्झनाको शव अर्धनग्न अवस्थामा थियो। दोस्रो तलाको खाटमै छोरा सुशान्तको शव भेटिएको थियो।

सुशान्त र सम्झनाको शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको जस्तो देखिएको एसएसपी थापाको भनाइ छ। उनीहरुको शव सड्न थालेको अवस्थामा भेटिएको हो।

प्रहरी स्रोतका अनुसार अर्कोतर्फ थालमा विष फेला परेको छ। मृतकको शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ ।

‘घरका तीनै जना मृत भेटिनु र कुकुरसमेत मर्नु, घरका ढोका खुल्लै रहनुले घटनामा बाहिरको मानिसको संलग्नता हुनसक्ने आशंका देखिन्छ।

तर घटनाका अन्य पाटाहरु केलाउँदा भने बाहिरको मान्छेबाट यो घटना भएको होइन भन्ने शंका पनि गर्न सकिन्छ’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

उक्त घरमा उनीहरुमात्रै बस्ने भएकाले यो घटनाबारे कसैले थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ। शुक्रबार भने सुदीपका भाइ नै दाइको घर गएपछि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटना बाहिर आएको हो।

 

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्