Logo
६ जेष्ठ २०८१, आईतबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना उपचारमा प्लाज्मा थेरापीले प्रभाव नपारेको निष्कर्ष

कोरोना भाइरस सङ्क्रमितहरूमाथि भइरहेको उपचार विधि ‘प्लाज्मा थेरापी’ ले उपचारमा कुनै प्रभाव नपार्ने अध्ययनहरूले पुष्टि हुँदै गएको छ ।

धरानमा मात्रै प्लाज्मा थेरापी गरिएका दुई सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको थियो । धरान-८ र १५ का दुई जना वृद्धहरू प्लाज्मा थेरापी गरेको केही दिनपछि ज्यान गएको थियो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहिलो पटक धरान–८ का व्यवसायी नीरकुमार राजभण्डारीलाई प्लाज्मा थेरापी गरेको थियो ।

दोस्रो दिन धरान-१५ का अर्का व्यक्तिलाई पनि प्लाज्मा थेरापी गरिएको थियो । तर, दुवै जनाको ज्यान गएको थियो । भारतमा भएको एक अध्ययनले प्लाज्मा थेरापी उपचार विधिले कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ ।

भारतमा अहिले दैनिक चार अङ्कमा सङ्क्रमितहरूको ज्यान गइरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् आईसीएमआरले गरेको वित्त पोषित बहुकेन्द्रीय अध्ययनको क्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

प्लाज्मा थेरापी गरिएका बिरामीहरूमा गरिएको अध्ययनमा कुनै प्रभाव नपरेको उल्लेख गरिएको छ । उक्त अध्ययन मेडरजिभ जर्नलले प्रकाशित गरेको छ ।

तर, अहिलेसम्म यो अध्ययनको विषयमा समीक्षा गरिएको छैन । कोरोना सङ्क्रमितमा गरिएको प्लाज्मा थेरापीको प्रभाव पत्ता लगाउनका लागि २२ अप्रिलदेखि १४ जुलाईसम्म ३९ वटा निजी तथा सरकारी अस्पतालमा रहेका बिरामीहरूको अध्ययन गरिएको थियो ।

जसका लागि १ हजार २१० जना बिरामीलाई सहभागी गराइएको थियो । त्यसमध्ये २३५ जना प्लाज्मा थेरापी गरिएका बिरामीहरू थिए । अध्ययनका क्रममा उनीहरूलाई उ्रत्कृष्ट हेरविचार पनि गरिएको थियो ।

त्यस्तै २२९ जनालाई सामान्य हेरविचार गरेर उपचार गरिएको थियो । जसमा प्लाज्मा थेरापी गरिएकामा १३ दशमलव ७ प्रतिशत अर्थात ३४ जनाको मृत्यु भएको पाइएको छ भने उत्कृष्ट हेरविचार गरिएकामा १४ दशमलव ६ प्रतिशत अर्थात् ३१ ज्ना बिरामीको मृत्यु भएको थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जुन २७ तारिखका दिन प्लाज्मा थेरापीको उपचारको लागि अनुमति दिएको थियो । तर पनि खास प्रभाव पार्ने खाल्को नदेखिएको अध्ययनले देखाएको छ ।

रिपोर्टका अनुसार सहभागी गराएका बिरामीहरूको दैनिक ल्याब परीक्षणलगायत गरिएको थियो । २८ दिनसम्म टेलिफोनको माध्यमबाट स्वास्थ्य स्थितिका बारेमा आकलन गरिएको थियो ।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्