Logo
६ जेष्ठ २०८१, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास सप्लायर्सले नक्कली भ्याट बिल प्रयोग नगरिएको दाबी

सिन्धुपाल्चोक : नक्कली भ्याटबिल प्रयोग गरी बालुवा तस्करी गरेको समाचार सम्प्रेषण गरेको रिपब्लिका दैनिकले सोही विषयलाई पून खण्डन गरेको छ ।

बालुवा तस्करको आरोप खेपिरहेका सिन्धुपाल्चोकका विकास श्रेष्ठ ‘कृष्ण’ को सफाईमा रिपब्लिका दैनिकले आरोपीत श्रेष्ठ सँग लिएको स्पष्टीकरण पश्चात दोस्रो समाचार सार्वजनिक गरेको हो । रिपब्लिका दैनिक मार्फत सार्वजनिक दोस्रो समाचारमा बिकास सप्लार्यसका सञ्चालक विकास श्रेष्ठ ‘कृष्ण’ले आफूले कुनै पनि गैरकानूनी गतिविधि नगरेको दाबी गरेका छन् ।

श्रेष्ठले आज (सोमबार )खण्डन पठाएर विकास सप्लायर्सले कुनै पनि नक्कली भ्यान बिल प्रयोग नगरिएको दाबी गरेका हुन् । रिपब्लिका दैनिकमा नै पहिले ‘सभामुखका भतिजा तस्कर छुटाउन सक्रिय, नक्कली भ्याटबिल काण्डले खैलाबैला, कृष्ण फरार’ भन्ने शीर्षकमा जस्ता समाचार प्रकाशित भएको थियो । श्रेष्ठले उक्त समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

श्रेष्ठले आफ्नो व्यवसाय राजस्व कार्यालयबाट मान्यता प्राप्त बिलको प्रयोग गरिएको र आफ्नो काममा कुनै पनि नेताको संलग्नता नरहेको समेत बताएका छन् ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्