Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्लाज्माका लागि आवश्यक रगत दिने कोरोना संक्रमण मुक्त भएका पत्रकार रौनियारको घोषणा

हालै कोरोना संक्रमण मुक्त भएका प्रदेश १ स्थित सुनसरीको दुहबीका स्थानीय पत्रकार चन्दन रौनियारले प्लाज्माका लागि आवश्यक रगत दान गर्ने घोषणा गरेका छन् ।

आवश्यक उपचार सहित लामो समय आइशोलेसनमा बसेर निको भई रौनियार घर फर्किएका हुन् ।

रौनियारले भने “ म कोरोना संक्रमित भएर ११ औ दिनमा घर सकुशल फर्केको छु, अब कसैलाई मेरो बल्ड चाहिन्छ भने म दिन तयार छु ।

प्ल्जमाथेरापीका संक्रमित भएर निको भएकाको रगत आवश्यक पर्दछ उनने भने “त्यसका लागि म रगत दिन तयार छु, मेरो ओ पोजेटिभ समुहको रगत हो ।”

उनको गत भदौं ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि मोरङको सुन्दरहरैंचा स्थित प्रदेश सरकारले बनाएको आइशोलेसन सेन्टरमा ११ दिन बसेर कोरोनालाई परास्त गर्दै गत शुक्रबार घर फर्किएका हुन् ।

उनले आफ्नो सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छन् । एनसेल कम्पनीको 9805340362 नम्बर सार्वजनिक गर्दै जतिबेला पनि म सहयोग गर्न तयार रहेको बताएका हुन् ।

 

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्