Logo
२ जेष्ठ २०८१, बुधबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाइनिज कम्पनीको कासाका बाइक नेपालमा भित्रिए, तोकियो मूल्य

नेपाली बजारमा चाइनिज कम्पनीको हालैमात्र कासाकाका डर्ट बाइक भित्रिएका छन् । कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० भित्रिएका हुन ।

कासाका २०० मा एयरकुल्ड, सिङ्गल सिलिण्डर र ४ स्ट्रोक सहित १९७ सीसीको इन्जिन जडान गरिएको छ ।बाइककोे अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा र ग्राउण्ड क्लियरेन्स २९० एमएम रहेको छ ।

बाइकको शुद्ध तौल १२० किलोग्राम र अधिकतम लोडिङ क्षमता १५० किलोग्राम छ । यसको लम्बाई २०५० एमएम, चौडाई ८५० एमएम र उचाई ११७० एमएम छ ।

रातो र सेतो कलरमा उपलब्ध बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ । कासाका २०० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै कासाका २५० समेत बिक्रीमा राखिएको छ । यसको मूल्य ४ लाख १५ हजार रुपैयाँ छ । यसको तौल १२६ केजी र अधिकतम लोडिङ क्षमता १५० केजी रहेको छ । यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ ।

स्टाइल ट्रेड लाइन कम्पनीले नेपाली बजारमा ल्याएका यी बाइक एडभेन्चर यात्राका लागि सहज मानिन्छन् ।यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका बाइक समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

काठमाडौं नयाँबजार, चितवनको नारायणघाट स्थित पारस बासपार्क र धादिङस्थित आरुघाटमा बाइक विक्रीमा राखिएको छ ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्