Logo
२३ बैशाख २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत लिएर ढोरपाटन बाढीको निरीक्षण गर्न बागलुङ लागे गृहमन्त्री बादल

बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङस्थित भूजी खोला बाढि छिरेर दर्जनौँ बेपत्ता भएको घटना निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा राहत लिएर त्यसतर्फ प्रस्थान गरेका छन्।

बिहीबार बिहान गृहमन्त्री थापा आर्मीको हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। उनीसँगै बागलुङका प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल पनि गएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले गाउँका घर बगाएर क्षति बनाएको छ। ढोरपाटन वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

मृत फेला परेका ९ जनामध्ये ढोरपाटन-९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ। अरु पाँच महिला र तीन पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन्।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्