Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काडमाण्डौसहित देशका यी १२ जिल्ला बन्यो कोरोनाको हटस्पट

देशको संघीय राजधानी काडमाण्डौ लगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएर कोरोना नियन्त्रण चुनौति देखिएको छ ।

प्रदेश २ का यी पाँँच जिल्ला सहित यी १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । काडमाण्डौ, पर्सा ,मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलाली यी १२ जिल्ला हटस्पट हुन् ।

काठमाडौंलगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा. सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् ।

समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु सुरु भएको छ । यही बेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन’, उनले भने ।

अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा. तिवारी बताउँछन् । काठमाडौं कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ । त्यसपछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् ।

विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो ।यससँगै विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा के गर्ने भन्ने बहस सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, पोजेटिभिटी दरका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गर्न सकिन्छ ।

‘हरेक जिल्लामा रहेका संक्रमितको पोजेटिभिटी दर निकाल्नुपर्छ । संक्रमण बढ्दो छ कि घट्दो छ भन्ने निष्कर्षका आधारमा कार्यक्रम अघि बढाउनु पर्छ ।’ कुनै पनि जिल्लामा संक्रमण दर दुई सयभन्दा बढी भए लकडाउन गर्नुपर्ने डा.तिवारी बताउँछन् ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्