Logo
१३ बैशाख २०८१, बिहीबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना लागेको पुष्टि भए तुरन्तै १ लाख पाइने तर कहिले र कसरी ? थाहा पाइराखौँ यी तथ्यहरु

पछिल्लो समयमा कोरोना बीमा गराउनेहरुको संख्या ह्वातै बढेको छ । बीमा समितिले वैशाख ७ गतेदेखि औपचारिक रुपमा कोभिड-१९ सम्बन्धी बीमालेख जारी गरेको हो ।

बीमा समितिका प्रवक्ता राजु रमन पौडेलले सरकारले एक लाख रुपैयाँको बीमाङ्कमा अनुदान दिने नभएर शुल्कमा अनुदान दिने बताएका छन् ।

उनले भने, ‘सरकारले बीमा शुल्कमा अनुदान दिने हो न कि बीमाङ्कमा। सकारले सामूहिक रुपमा गरेको बीमाङ्क शुल्कमा अनुदान दिने हो। एकलमा अुदान दिँदैन। जस्तो कुनै परिवारले सामूहिक रुपमा बीमा गर्‍यो त्यसमा उसले गरेको बीमाङ्क आधी शुल्क सरकारले अनुदान दिने हो।’

बीमा शुल्क भुक्तानि गरे बापत कोरोना भाइरसको संक्रमण भएको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानूनी अधिकार प्रमाणित भएमा करारको अधिनमा रही बीमालेख बमोजिमकोे रकम बीमकले भुक्तानि पाउने उनले बताए।

कति दिनमा दाबी गर्न पाइने ?
बीमक संक्रमण पुष्टि भएदेखि १५ दिनसम्म क्वारेन्टिनमा बसेको अवधि सकिएपछि दाबी गर्न पाउँछ। दाबी भुक्तानिका लागि बीमकले सात दिनभित्र उपचार खर्च सम्पूर्ण विवरण बीमा कम्पनीलाई बुझाउनु पर्छ।

दाबी गर्ने प्रक्रिया
बीमितको नाम, कोरोना भाइरस संक्रमण पुष्टि भएको मिति र विवरण, पूर्ण रुपमा भरिएको दाबी फाराम तथा भाइरसको पुष्टि भएको परीक्षणको सम्पूर्ण कागजातहरुका सार्थ सरकारबाट मान्यता प्राप्त अस्पतालमा भर्ना भएको अवस्थादेखि डिस्जार्चसम्मका अस्पतालले दिने कागजपत्र हुनुपर्ने समितिले जनाएको छ। यस्तै स्थानीय निकायले १५ दिन क्वारेन्टिनमा बसेको र कोरोना पुष्टि भएको सिफारिस गर्नुपर्ने छ।

बीमाको अवधि
एक वर्षपछि सरकारले उक्त बीमालाई निरन्तरता दिएमा लागु हुने छ। ‘बीमाको अवधि आगामी असार मसान्तसम्म मात्र लागु हुनेछ यदि सरकारले निरन्तरता दिएमा आगामी दिनमा लागु हुनसक्छ।’

‘संक्रमण पुष्टि भइसकेपछि सरकारले उपचार गर्छ’ तर संक्रमित व्यक्तिलाई फलफुल, अन्य पौष्टिक आहार लगायतका खर्च हुन्छन्। ती सामान्य आवश्यकता परिपूर्तिका लागि यो बीमालेख हो।’

दाबी गरेको कति समयमा भुक्तानि हुन्छ?
बीमा समितिका अनुसार नेपालमा अहिले कोरोना महामारी बढेपछि कोरोना बीमाको दाबी भुक्तानि पनि बढ्दै गएको छ। कोरोना भाइरस संक्रमणको रिपोर्ट आउने बित्तिकै दाबी गर्नुस्, त्यसको २४ घण्टाभित्र भुक्तानि हुन्छ।

कतिले पाउँछन् दाबी भुक्तानि?
बीमा समितिका अनुसार कोरोना बीमा सुरु भएदेखि सोमबार (भदौ १५ गते) सम्म ८ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानि भएको छ। उक्त दाबी भुक्तानिका लागि ८२५ बीमक दाबी भुक्तानि गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ।

कतिले गरे कोरोना बीमा?
कोरोना बीमा औपचारिक रुपमा सुरु भएदेखि हालसम्म ८ लाख ९४ हजार तीन सय ४३ बीमकले कोरोना बीमा गरेको बीमा समितिले जनाएको छ।

बीमालेख बिक्री मार्फत बीमा कम्पनीहरुले हालसम्म ५० करोड ३७ लाख २९ हजार सात सय ८२ रुपैयाँ प्रमियम संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ।

बीमालेख कसरी खरिद गर्ने?
निषेधाज्ञाको समयमा पनि सजिलै पोलिसी खरिद गर्न सकिने छ। पोलिसी खरिदका लागि मेडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले अनलाइनमार्फत खरिद गर्न सकिने छ।

बीमालेख सबै निर्जीवन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने समितिले जनाएको छ।

नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको छ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्