Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुदाँ दुईको मृत्यु, २जना घाइते

गण्डकी प्रदेश स्थित स्याङ्जामा आज बिहान एम्बुलेन्स दुर्घटना हुदाँ दुईको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ ।

वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चापाकोट-९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले नजाएको छ ।

घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्