Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञासँगै बजारमा कालोबजारी बढ्दो, तरकारी कालीमाटीभन्दा भाटभटेनीमा सस्तो

पछिल्लो समयमा कोरोना माहामारी फैलिए पछि काठमाण्डौमा निषेधाज्ञा जारी रहेको छ । अहिले अत्याबश्यक बाहेक अरु सेवा थप्प भइरहेको अवस्थामा बजारमा भने तरकारी र खाद्यान्नमा कालोबजारी सुरु भएको छ ।

बिहान सवा ९ बजेसम्म मात्रै तरकारी तथा खाद्यान्न पसल सञ्चालन भइरहेको भए पनि तरकारीसहित खाद्यान्नमा कालोबजारी सुरु भएको हो ।

कालीमाटीमा प्रतिकिलो ७० रुपैयाँमा पाइने गोलभेडाको मूल्य भाटभटेनीमा ५० रुपैयाँमा पाइने मूल्यसूचीमा उल्लेख छ ।

त्यस्तै कालीमाटीमा आलु प्रतिकिलो ७२ रहेको छ भने भाटभटेनीमा ५९ रुपैयाँ रहेको छ ।  कागती, काउली, डल्लो च्याउलगायतका तरकारी पनि भाटभटेनीको मूल्य सूचीमा कालीमाटीभन्दा सस्तो रहेको पाइएको छ ।

कालीमाटीमाभन्दा भाटभटेनी सुपरस्टोर्समा तरकारीको मूल्य निकै कम रहेको पाइएको छ । भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलका अनुसार किसानको बारीमै पुगेर भाटभटेनीले तरकारी खरिद गरेको हुनाले उपभोक्तालाई सस्तो दिन सकिएको हो ।

त्यस्तै खसीको मासु पनि भाटभटेनीमा साढे ८ सय रुपैयाँ प्रतिकिलो रहेको मूल्य सूचीमा उल्लेख छ । “अहिले बजारमा कालोबजारी बढेको पाइएको छ,” उनले भने, “हामीले आम उपभोक्तालाई मर्का नपर्ने गरी बजारको भन्दा निकै सस्तोरुपमा तरकारी तथा केही खाद्यवस्तु उपलब्ध गराएका छौं । तर पनि लकडाउनका कारण हाम्रा स्टोर्सहरु बन्द गर्नुपर्ने अवस्था आएको छ । सहजरुपमा खुला भएको खण्डमा उपभोक्तालाई मर्कामा पर्न नदिने हामीले प्रतिवद्धता व्यक्त गरेका छौं ।”

उनका अनुसार नेपालगन्ज, चितवन, धरान, विराटनगर, जितपुरलगायका ठाउँबाट किसानकै तरकारी ल्याएर भाटभटेनीले बिक्री गरेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिमै तरकारीको भाउ महंगो हुँदा बजारमा महंगोमा बिक्री गर्नुपरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्