Logo
२३ बैशाख २०८१, आईतबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको मूर्ति भेटाएका महोत्तरीका एक युवकलाई भारतीय सुरक्षाकर्मी नेपालमा आएर पकडेर लग्यो

प्रदेश २ स्थित महोत्तरीमा बुद्धको मूर्ति भेटाएका युवकलाई भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाल प्रवेश गरेर नियन्त्रणमा लिएका छन् ।

बुधबार महोत्तरीको मनरासिसबा नगरपालिका ९ बथनाहाका बलिन्द्र सादाले फेला परेको मूर्ति घर ल्याएपछि गाउँभरि हल्ला फैलिएको थियो । माछा मार्ने क्रममा नेपाली सीमामा रहेको खाल्डोबाट उक्त मुर्ती फेला पारेको उनले दावी गरेका छन् ।

सहश्राम क्याम्पमा रहेका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी बलिन्द्रलाई भारतबाट मूर्ति चोरेर ल्याएको भन्दै कुटपिट गर्दै घरबाटै नियन्त्रणमा लिएर गएको थियो ।

नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा प्रवेश गरी नियन्त्रणमा लिएको हल्ला फैलिएपछि स्थानीय प्रशासनले उनको रिहाइका लागि पहल थालेको छ ।

महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले मूर्ति भेटाएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कुरा थाहा पाए लगतै उनको रिहाईको पहल थालेको जानकारी दिए ।

भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका युवाले भारतबाट मूर्ति चोरेर लगेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको भारतीय सुरक्षाकर्मीको बयानलाई उदृत गर्दै सापकोटाले बताए ।

‘सोधपुछपछि रिहा गर्ने प्रतिबद्धता समेत भारतीय सुरक्षाकर्मीबाट आएको छ । यदि रिहा नगरिए उसको सुरक्षाको लागि आगामी चाल्‍नु पर्ने कदम चाल्छौ,’ उनले भने ।

स्थानीयका अनुसार बलिन्द्रले गाउँ नजिकै सीमा क्षेत्रभन्दा एक डेढ मीटरभित्र नेपाली भूमिमा रहेको खाल्डोमा माछा मार्ने क्रममा मूर्ति फेला परेको हो । मूर्ति फेला परेको केही समयपछि भारतीय सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर गएको हो ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्