Logo
२३ बैशाख २०८१, आईतबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश रुपैयाँ दिएर ६ वर्षीय बालिका करणी प्रयास

दश रुपैयाँ दिएर ६ वर्षीय बालिका माथि करणी प्रयास गर्ने एक १६ वर्षे किशोरलाई चितवन जिल्ला अदालतले पुर्पक्ष थुनाका लागि सुधार गृहमा पठाएको छ।

६ वर्षीय बालिकालाई उनको घरमै पुगेर करणी प्रयास गरेका चितवनका किशोर (नयाँ वस्ती ४) लाई मंगलबार चितवन जिल्ला अदालतले सुधार गृहमा पठाएको हो।

अभियुक्त १८ वर्षभन्दा कम उमेरको भएकाले न्यायाधीश हेमन्त मल्लाको इजलासले हेटौंडास्थित बाल सुधारगृहमा अभियुक्त किशोरलाई थुनामा राख्न आदेश दिएको छ।

अपराध मुलुकी संहिता २०७४ अनुसार १८ वर्ष नपुगेको व्यक्ति नाबालक नै मानिने तथा कानुनी दायित्व बहन गर्न असक्षम भएकाले सुधार गृहमा पठाइएको अदालतबाट जारी गरिएको आदेशमा उल्लेख छ।

मंगलबार भएको थुनछेक बहसपछि अदालतले तत्काल प्राप्त प्रमाणबाट किशोरले कसुर गरेको अवस्था देखिएको ठहर गर्दै सुधार गृहमा राखेर मुद्दको थप सुनुवाई अघि बढाउन आदेश भनेको हो।

के भएको हो घटना ?
गत साउन १३ गते ६ वर्षीय बालिका घरमै अरु साथीहरुसँग खेलिरहेको अवस्थामा (नयाँ वस्ती ४)ले अरुलाई बाहिर पठाएर बालिकालाई कोठा करणी प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बालिकाको हजुरआमा घरमै भए पनि उनलाई समेत झुक्याएर किशोरले करणी प्रयास गरेका थिए। घटनाको दुई दिनपछि साउन १५ गते बालिकाले आफूमाथि भएको घटनाबारे जानकारी गराएपछि आमा (नयावस्ती १) ले तत्कालै प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरी लगत्तै प्रहरीले किशोरलाई पक्राउ गरी गरेको अनुसन्धानका क्रममा उनले किशोरीलाई करणीको प्रयास गरेको तर सफल नभएको स्वीकार गरेका छन्।

बालिका रोएपछि उनलाई १० रुपैयाँ दिएर आफू बाहिरिएको (नयाँ वस्ती ४)ले प्रहरी समक्ष बयान दिएका छन्। तर अदालतमा भने अभियुक्त किशोरले बालिका लडेकाले आफू उठाउन गएको दाबी गरेका छन्।

पीडित बालिकाले प्रहरी र अदालतमा अभिभावकको उपस्थितिमा गरेको बकपत्रमा किशोरले भुइँमा सुताएर करणी प्रयास गरेको र आफू रोएपछि दश रुपैयाँ दिएर कसैलाई नभन्न भनेको उल्लेख गरेकी छिन्।

किशोरले आफ्नो गोप्य अंग हातले चलाएको पनि पीडित बालिकाले बताएकी छिन्। घटनाबारे साउन १५ गते बालिकाले भनेपछि उनलाई तुरुन्तै चिकित्सकीय परिक्षणका गराउँदा भने उनको यौन अंगमा कुनै चोट नभएको र हाइमान जाली पनि यथावत रहेको रिपोर्टमा उल्लेख छ।

पीडित पक्षले जाहेरीमा किशोरलाई कारबाही गरी बालिकामाथि परेको मानसिक तथा शारिरीक क्षतिपूर्ति समेत भराउन माग गरेको छ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्