Logo
२३ बैशाख २०८१, आईतबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई, रोक्का-फुकुवा इमेलबाटै

जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ ।

जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको हो। त्यसैगरी जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुनेछ ।

यसका लागि कानुनहरु संशोधन गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन भएको विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए । समितिको प्रतिवेदन अनुसार मालपोत ऐन संशोधन हुने पौडेलको भनाई छ ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्