Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अंगरक्षकमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ ।

पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा  आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्