Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको कारण २२.५ प्रतिशत कर्मचारीको रोजगारी गुम्यो

नेपाल राष्ट्र बैंकले लकडाउनमा २२ दशमलव ५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएकोे प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योगरव्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

सर्वेक्षणमा संलग्न उद्योगरव्यवसायले झण्डै एक चौथाइ कर्मचारीर /कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७.९, बाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको थियो ।

राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योगरव्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगीरव्यवसायीको सहभागिता थियो ।

सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योगरव्यवसायको उत्पादनरकारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजनालगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योगरव्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योगरव्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ ।

बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योगरव्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको छ । सर्वेक्षणमा सहभागी उद्योगीरव्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा)भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्