Logo
८ बैशाख २०८१, शनिबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालपछि अब पाकिस्तानले पनि जम्मू-कश्मीर र लद्दाखलाई समेटेर जारी गर्‍यो नयाँ नक्सा

पाकिस्तानको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार यसबारे जानकारी दिएका हुन् ।

उनले मन्त्रिपरिषद्को निर्णयलाई विपक्षी पार्टी र कश्मीरी नेतृत्वले स्वागत गरेको समेत बताए । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ ।

पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताहरूको उमंगको प्रतिनिधित्व गर्ने बताउँदै उनले भने, ‘पाकिस्तान र कश्मीरीहरूले सैद्धान्तिक विचारधारालाई यसले समर्थन गर्ने छ ।’

‘भारतले अघिल्लो वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, उसले यो राजनीतिक नक्सालाई अस्वीकार गर्नेछ’ उनले काछन्।

इमरान खानले अबदेखि पाकिस्तानी स्कुल, कलेज र सबै सरकारी कार्यालयमा पाकिस्तानको यो आधिकारिक नक्सा राखिने समेत बताए ।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधिनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।

र भारतले गत वर्षमात्र यहाँ विशेष दर्जा खारेज गरेर दुईवटा केन्द्र शासित राज्य बनाएको छ। अर्को भाग पाकिस्तानको कब्जमा छ। जसलाई भारतले पाकिस्तान अकुपाई कश्मीर भन्छ भने पाकिस्तानले स्वतन्त्र कश्मीर भन्छ।

यहाँ छुट्टै सरकार रहे पनि त्यो पाकिस्तन अधिनस्थ नै छ। अर्को भाग चीनमा पर्छ। जसलाई अक्साई चीनको नामबाट चिनिन्छ। पाकिस्तानले नयाँ जारी गरेको नक्शानमा अक्साई चीन भने समेटिएको छैन।

परम्परागत दुश्मन भारत र पाकिस्तान पाकिस्तानको यो पछिल्लो कदमसँगै यो क्षेत्रमा विवादले नयाँ रुप लिने देखिएको छ। त्यसमाथि पाकिस्तानले कहिल्यै पनि दावी नगरेको जुनागढलाईसमेत समेटेपछि भारत तनावमा परेको छ।

नेपालले पनि गएको वैशाखमा भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो। त्यसयता भारत र नेपालको सम्बन्धमा पनि चिसोपना बढेको छ।

अब पाकिस्तानले पनि नेपालको जस्तै कदम उठाएपछि भारत झन दबाबमा परेको हो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक दिन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्