Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जी मिडिया अन्तरगतको जी हिन्दुस्तान र जी बिहारले नेपालीसँग माग्यो माफी

भारतीय टेलिभिजन नेटवर्क जी मिडियाले क्षमायाचना गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय उस्ले क्षमायाचना गरेको हो ।

उक्त नेटर्वक अन्तरगतको जी हिन्दुस्तानजी बिहार-झारखण्डले नेपालीसँग माफी मागेका हुन् । उक्त रिर्पोट यही २ वटा च्यानलमा प्रसारण गरिएको थियो ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जी बिहार-झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन । जी मिडिया अन्तरगत धेरै न्यूज च्यानलहरु रहेका छन् ।

जी न्यूजविओन क्रमस हिन्दी र अग्रेजी भाषाको राष्ट्रिय च्यानल हुन् भने अन्य रिजनल च्यानलहरु रहेका छन् । जी हिन्दुस्तान भने पछिल्लोपटक रिजनलबाट राष्ट्रिय च्यनलको रुपमा मान्यता पाएका छन ।

हेर्नुस् भिडियो : 

https://www.facebook.com/birendra.km1/videos/3425173940848260/?t=0

प्रतिक्रिया दिनुहोस्