Logo
१५ बैशाख २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

पोखरा :  गण्डकी प्रदेश सरकाले प्रदेश प्रहरी कार्यालयलाई सवारी साधान हस्तान्तरण गरेको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई चाबी हस्तान्तरण गरेका हुन् ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्