Logo
५ जेष्ठ २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन

छिमेकी देश भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ ।

उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो ।

६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । “बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्