Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश र प्रदेशको सिमाक्षेत्र सुनसरीमा कोरोना संक्रमनको जच्च जोखिम तर छैन कसैलाई कुनै चासो

प्रदेश १ स्थित सुनसरीमा सिमा क्षेत्रबाट कोरोना संक्रमनको जच्च जोखिम बढेको छ । स्थानीय, प्रदेश तथा संघीय सरकारले समेत कुनै चासो नलिने गरिएको बासिन्दाहरुले आरोप लगाउन थालेका छन् ।

ईनरुवामा कोरोना संक्रमनलाई नियन्त्रण गर्न प्रायः सबै पक्ष उदासीन रहेको स्थानीयकाृे आरोप रेहको छ । केही सिमित ठुला–ठालाको मात्र परिक्षणबाट कोरोना छैन् भन्नु भूल भएको उक स्थानीयले बताए ।

उनका अनुसार नगरपालिकाले आग्रह गरेको प्रकिृया पुरा गरेपनि त्यस्को बेवास्ता गर्दे निर्वाध रुपमा बजार संचालन भइरहेको छ ।

प्रदेश राजधानी बिराटनगरमा कोरोनाले उग्ररूप लिईरहेको बेला स्वास्थ्य सेवासँग प्रत्यक्ष सम्बन्ध रहेको सुनसरीको सदरमुकाम लागायतको क्षेत्रमा पूरा लापरवाही रहेको पाइएको हो ।

एक स्थानीयका अनुसार कोशी गापाको लोकही हटिया जहाँ बोर्डर पारीबाट अहिले पनि लुकी छिपि आउँजाउ भईरहेकोमा स्थानीय सरकारहरु उदासीन देखिन्छन् ।

भोक्राहा गापाको चिरौली हटियामा पनि भिड त्यस्तै रहेको छ । ईनरुवामा कोरोना संक्रमणको अवस्थालाई सही अंकलन गर्ने हो भन्ने हरेक औषधी पसलबाट र सबै बैंकहरुबाट पनि एक/एक जना अनिवार्य कोरोनाको संक्रमण परिक्षण गर्नुपर्ने स्थानीय राज मेहताले बताए ।

उनका अनुसार अरु किराना पसल ठेला रिक्साहरुको चालक तथा मालपोत नापि लागायतको बढी भिडभाड हुने कार्यालयहरुको कर्मचारीहरुलाई पनि टेस्ट गर्नु आवस्यक रहेको छ ।

अन्य बोर्डरसँग सिमाना जोडिएको सुनसरीको स्थानीय निकायहरुमा संचालिच पसलहरुको टेस्ट अनिवार्य गर्ने भएपनि त्यस्तो गरिएको छैन ।

अहिले पनि लकीछिपी बोर्डमा आउजाउ रोक्नको लागि केही समयको लागि सेनापरिचालन आवश्यक रहेको उनको तर्क रहेको छ ।नगरपालिकाका मेयर राजन मेहताले यसबारे प्रतिकृया दिन मानेन् ।

 

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्