Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलाकै ९९ हजार पुगेर एतिहासिक रेकर्ड कायम गरेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।

कोरोना महामारी (कोभिड-१९) का कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्