Logo
१७ बैशाख २०८१, सोमबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउले नयाँ रेकर्ड राख्नेक्रम कायमै, तोलाको ९८ हजार २ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दो क्रममा रहेको अवस्थामा मंगलबार पनि सुनको मूल्य सात सयले बढेको छ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।यस्तै चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाामा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्