Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय ६१ पुग्यो

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण संसारको विभिन्न देशमा रहेकन १६१ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ ।

यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्