Logo
१६ बैशाख २०८१, आईतबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा सम्मेलन गर्न नपाउने निर्णय गरेसँगै चुनाव सार्ने निर्णय गरिएको महासंघका पूर्वअध्यक्ष पशुपति मुरार्काले बताए ।

महासंघका पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको उनको भनाइ छ ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने भनेकाले साउन २६ र २७ गतेका लागि तोकिएको साधारण सभा पछि सार्नु परेको हो ।

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघ को भनाइ छ ।

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो ।

पछिल्लोपटक महासंघको कार्यकारिणी समिति बैठकले साउन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्