Logo
२ जेष्ठ २०८१, बुधबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी नदीमा पानीको सतह ९ मिटर माथि आयो, अझै बढ्ने अनुमान

चितवन : चितवनको देवघाट स्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ ।

उक्त स्थानमा जल सतह ८ मिटर नाघेपछि खतराको तहपार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षात नरोकिएकाले जल सतहथप बढ्ने अनुमानगरिएको छ । यस्तै नारायणघाटको पुलमाजलसतहले सतर्कताको तहपार गरेको हो ।

उक्त स्थानमाजल सतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११. ९८ मिटर पार गरेको वैद्यले बताउनुभयो । विभागले खतराको तहपार गरेको स्थानका तल्लो टतीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानकातल्लो तटीय क्षेत्रकाबासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वनपलपरासी र चितवनकातल्लो तटीय क्षेत्रमा बाढीको उच्चजोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिए ।

यस्तै कोशीकोशीनदीमा सतर्कताको तहपार गरेकाले भोलिसम्म खतराको तहपार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र तीनदीका सहायकनदीमा बाढीले खतराको तहपार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

 

 

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्