Logo
५ जेष्ठ २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयले शिक्षकलाई महिनौँदेखि बेतलबी विदामा राखेपछि इस्टुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

लकडाउनको समयमा निजी विद्यालयहरुले अनलाइन पठनपाठनसमेत बन्द गरी आफूहरुलाई बेतलबी विदामा राखेपछि संस्थागत विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

गत पुसरमाघदेखि तलब नपाइरहेको अवस्थामा विद्यालय व्यवस्थापनको पछिल्लो निर्णयले शिक्षकहरुको रोजिरोटी खोस्ने काम गरेको संस्थागत विद्यालय शिक्षक युनियनले जनाएको छ। इस्टुले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी पनि दिएको थियो।

संस्थागत विद्यालय शिक्षक युनियनले साउन ८ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेको छ।

साउन २ देखि ४ गतेसम्म प्याब्सन र एनप्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाउने, अभिभावक महासंघ र यसका घटक संस्थासँग सहकार्यका लागि पत्र लेख्ने, शिक्षा मन्त्री र श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा तालबान्दी गर्ने, काठमाडौं र विराटनगरमा विरोध प्रदर्शन गर्ने, उपत्यकाको हकमा मानव स्रोत विकास केन्द्र र प्रदेशको हकमा मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेलगायत कार्यक्रम सार्वजनिक गरिएको छ।

आफ्ना मागहरु समयमा सम्बोधन नभए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने संस्थागत  विद्यालय शिक्षक युनियनले चेतावनी दिएको छ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्