Logo
५ जेष्ठ २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको पीजीआई रोहतकमा कोरोना खोपको मानिसमा परीक्षण शुरु

भारतको पीजीआई रोहतकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ ।

भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ ।

यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो ।

यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले बताएका छन् ।  भारतमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्