Logo
५ जेष्ठ २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना सङ्क्रमितको संख्या १० लाख ५ हजार नाघ्यो, ६३ प्रतिशत बिरामी निको

पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना संक्रमण आगोसरि फैलिरहेको अवस्थामा अहिलेसम्म कुल संक्रमित १० लाख ५ हजार नागेको सो मध्ये ६३ प्रतिशत बिरामी निको भएको जनाएको छ ।

वल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६३७ पुगेको छ । भारतमा कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी निको भएका छन् ।

यस्तै २५ हजार ६०९ जनाको भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा भारत पुगेको छ ।

भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ ।

भारतका स्वास्थ्य मन्त्री हर्सवर्दनले सङ्क्रमितमध्ये धेरैजसोमा सामान्य लक्षण भएको बताए । उनका अनुसार शून्य दशमलव ३२ प्रतिशत कोरोना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ भने तीन प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्