Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले गुगललाई प्रतिबन्ध लगायो, अब गुगलले भारतमा लगानी गर्ने

पछिल्लो समयमा भारतले चिनियाँ एपलाई प्रतिबन्ध लगाएको अवस्थामा चीनले पनि गूगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठुलो शक्ति र बजार भएको देशमा भारतमा अब गूगलले लगानी गर्ने जनाइएको छ ।

गुगलको भातृ कम्पनी अल्फाबेट इन्कका प्रमुख सुन्दर पिचाइले गुगलले आगामी दिनमा भारतमा १० अर्व अमेरिकी डलर लगानी गर्ने जनाएका छन् । यसअघि अमेजनले भारतमा १ बीलियन डलरको लगानी गरेको थियो।

५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा गुगलले आफ्नो बजार प्रभुत्व स्थापित गर्ने भएको छ। उक्त लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ ।

यस विषयमा प्रमुख पिचाइले भने, ‘लगानी भारतका लागि उत्पादन र सेवा निर्माण गर्न, व्यवसाय व्यापारलाई डिजिटलयुक्त र प्रविधिलाई सामाजिक हितकर कार्यमा प्रयोग गरिने छ । यो हाम्रो भारत र यसको डिजिटल अर्थतन्त्रमा हाम्रो आत्मविश्वासको प्रतिविम्व हो ।’

डिजिटल इन्डिया प्रोजेक्टलाइ उकास्न निर्णय भएको जनाइएको छ। गुगल र अल्फाबेट इन्कले भारतका लागि छुट्टै सामाग्रीहरु बनाइरहेको छ । गूगलले प्रविधिको मध्यमबाटस्वास्थ्य, शिक्षा र कृषिलगायतका क्षेत्रलाई उकास्ने गरी योजनाहरु बनाइरहेको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्