Logo
२३ बैशाख २०८१, आईतबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एकै दिन २९ हजारभन्दा बढी सङ्क्रमित

छिमेकी देश भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या २९ हजारभन्दा बढी पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र राज्यमा सङ्क्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ । तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ सङ्क्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्