Logo
२३ बैशाख २०८१, आईतबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बनेको covid-19 विरुद्धको दुई वटा खोप अब मानिसमा परीक्षण हुने

पछिल्लो समयमा कोरोना भाइरसले विश्वमाहामारीकोरुप लिएपछि कोरोना भाइरसविरुद्धको खोप निकाल्न यतिबेला विभिन्न मुलुकहरु लागि परेको अवस्थामा छिमेकी देश भारतमा बनिरहेको covid-19 विरुद्धको दुई वटा खोप अब  मानिसमा परीक्षण हुने भएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भइरहेको बताएका हुन् ।

उनका अनुसार खोप मुसा र खरायोमा सफल परीक्षण भइसकेको छ । अब मानिसमा परीक्षण गर्नका लागि भारतको ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको छ ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् ।

भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएका कोरोना भाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो ।

अब दुवै खोप १/१ हजार जनामा परीक्षण हुने भएको छ । खोपलाई कोभ्याक्सिन नामकरण गरिएको छ ।

 

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्