Logo
१६ बैशाख २०८१, आईतबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! नाग देवताका रोचक मान्यताहरु

धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ ।

किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दुधर्मावलम्बीले बताउदै आएको पनि हाम्रो समाजमा सुनिन्छ । अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।

बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ । सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ ।

नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १) शेष नाग २) कालीनाग यी कालीनाग अति रिसाहा हुन्छन् भन्छन् भने शेष नाग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।

कोहि मानीसहरुलाई पुर्वजन्म नागनागिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई नाग नागिनसँग जोडीएका प्रचलित मान्यताहरु छन् ।

जुन आज हामी हजुरहरु सामु नाग-नागिनको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ ।

-इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् ।
-नाग–नागिन बदलिन सक्छन् । तर नाग र सर्पमा फरक हुन्छ ।
-केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर मणिहुनेसर्प नाग हैन ।
-एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ ।
-नागको स्मरण शक्ति अत्याधिक हुुन्छ ।
-नाग जो कसैको शरीरमा आउन सक्छ ।
-एक सय वर्ष पुरा गरेपछि मात्र नागको दाह्री आउन थाल्छ ।
-नागले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ ।
-नागमा मानवको रक्षा गर्ने शक्ति हुन्छ ।
-नाग मानिस बस्ने स्थानमा मात्र बस्छन् ।
-नाग संगीत सुनेर झुम्न थाल्छ ।
-नाग हेर्नु र मार्नु पाप हो ।
-ठुलो नाग शिवको अवतार हो ।
-नागको फोटो घरको ढोका माथि राख्दा घरलाई कसैको नजर लाग्दैन ।
-नागले सबैभन्दा पहिला प्राकृतिक प्रलय, भुकम्प वा अन्य किसिमका संकेत पाउँछन् ।
-नाग एक मुखे मात्र नभएर १० मुखे पनि हुन्छन् ।
-नागको रुपमा देवता हुन्छन् जसले धर्तिका सबै प्राणीलाई आफ्नै सम्झन्छन् ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्