Logo
६ जेष्ठ २०८१, आईतबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरो (फोटोफिचर)

आइतबार रातिदेखि परेको भीषण वर्षापछि तनहुँको बुल्दीखोलामा आएको बाढीले डुबानमा परेका घर । तस्वीर : रासस

यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको छ । मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको छ ।

बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको दिइएको छ ।

आइतबार रातिदेखि परेको भीषण वर्षापछि तनहुँको मादी नदीमा आएको बाढीले डुबानमा परेको व्यास नगरपालिकास्थित शिवपञ्चायन क्षेत्र । तस्वीर : रासस
बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै । उक्त खोलामा गण्डकी प्रदेश सरकारले करीब रू छ करोडको लागतमा पुल निर्माण थालेपनि वर्खा लागेका कारण निर्माणमा ढिलो भएको छ । तस्वीर : रासस
तनहुँको ऋषिङ गाउँपालिका–८ पल्टयाङमा सोमबार पहिरोले घर पुरिँदा बेपत्ता भएकाको खोजी गर्दै प्रहरी र स्थानीयवासी । स्थानीय अनबहादुर थापाको घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन । तस्वीर : रासस

जुम्लाको गुठीचौर गाउँपालिकास्थित कच्ची सडकमा फसेको प्रेसको मोटरसाइकल । सडक ग्राभेलिङ नहुदाँ बर्खाको समयमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या नागरिकको रहेको छ । तस्बिर : रासस

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्