Logo
१६ बैशाख २०८१, आईतबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराएका पतिसँग तीन वर्षपछि टिकटकले गरायो पुनर्मिलन

अहिलेको बर्तमान समयमा सामाजीक सञ्जालले कतिको घरवार विगठन गरेको छ भने कतिको घरवार जोडेको छ ।

मानिस र सामाजिक सञ्जालका सम्वन्ध परिपुरक बनिरहेको छ । हामी अहिले साथीभाइ नातेदारसँग भेटेर कुरागर्न भन्दापनि सामाजीक सञ्जालमा कुरागर्न रुचाउछौ ।

त्यस्तै सामाजिक सञ्जालले भारतमा हराएर छुटिएको एक जोडिलाई फेरि मिलन गराएको छ । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ।

प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ। पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो।

प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए । जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ।

बीबीसीका अनुसार प्रहरीले अहिले ती दम्पतीलाई परामर्शु दिएको जनाएको छ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्